Logo

बुधवार, जेठ ४ गते २०७९

images

भारतमा बुर्का लगाउने छात्रालाई कक्षा कोठा प्रवेशमा रोक

भारतमा बुर्का लगाउने छात्रालाई कक्षा कोठा प्रवेशमा रोक

नेपाल पाना माघ ६ २०७८
  • 3.0K
    SHARES
  • भारतमा बुर्का लगाउने छात्रालाई कक्षा कोठा प्रवेशमा रोक

    कर्नाटक । भारतको एउटा सरकारी कलेजमा बुर्का लगाएका मुसलमान छात्राहरुलाई कक्षा कोठाभित्र प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ ।

    कर्नाटक राज्यको युदुपी जिल्लमा सरकार सञ्चालित कलेजमा मुसलमान छात्राहरुलाई प्रवेशमा प्रतिबन्ध लगाइएको हो । हिजाव विद्यालयको पोसाक नभएको र केही छात्राहरुले अनुहार ढाक्ने पोसाक लगाएको भन्दै उनीहरुलाई कक्ष कोठामा पस्न नदिइएको कलेज प्रशासनले जनाएको छ ।

    आफू कक्षा कोठामा प्रवेश गर्नेवित्तिकै शिक्षकले तत्काल बाहिर निस्कन निर्देशन दिएको पीडितमध्येकी एक एएच अलमासले गुनासो गरेकी छिन् ।

    हिजाब आफ्नो विश्वासको एउटा अंश भएको र आफूहरुले संविधानमा उल्लेखित अधिकार प्रयोग गरेको पीडित किशोरीहरुले बताएका छन् । विद्यालयले प्रवेश नदिएपछि ६ जना किशोरीहरु ३१ डिसेम्बरदेखि अनुपस्थित छन् ।

    माघ ६, २०७८ बिहिवार १६:०८:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend