काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई बर्खास्त गर्ने तयारी गरेका छन् ।
गौर हत्याकाण्ड दोहोर्याउने र सीके राउतसहित उनको पार्टीका कार्यकर्ताको निर्मम हत्या गर्ने सार्वजनिक अभिव्यक्ति दिएको भन्दै चौतर्फी रेणु यादवलाई मन्त्रीबाट हटाउन आवाज उठिरहेका बेला प्रधानमन्त्री देउवाले बर्खास्त गर्ने तयारी गरेका हुन् ।
प्रधानमन्त्री देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई रेणु यादवलाई राजीनामा गराउन वा फिर्ता बोलाउन भनिसकेका छन् ।
रेणुलाई बर्खास्त गर्न आफूमाथि पार्टीभित्र र बाहिरबाट चौतर्फी ठूलो दबाब आइरहेको भन्दै देउवाले आफूले जुनसुकै बेला एक्सन लिनसक्नेमा सचेत गराएका छन् ।