काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो सम्बोधन हो ।
यसअघिका प्रधानमन्त्री केपी ओलीले हप्तै पिच्छे राष्ट्रका नाममा सम्बोधन भनेर बोल्दा जनताहरु निराश बनेका थिए । तर प्रधानमन्त्री देउवा सरकार बनेको ६ महिना पुगेको अवसरमा पहिलोपटक सम्बोधन गर्न लागेका हुन् । देउवाले आज अपरान्ह ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री सचिवालयका अनुसार सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ ।
सम्बोधनमा पछिल्लो कोभिड महामारी, सरकारी तयारी, आसन्न निर्वाचन लगायत विभिन्न विषयमा सम्बोधन तथा घोषणा हुने बताइएको छ ।