Logo

बिहिवार, जेठ १२ गते २०७९

images

अमेरिकामा पाकिस्तानको आतंकि मिशन असफल, आक्रमणकारी मारिए

अमेरिकामा पाकिस्तानको आतंकि मिशन असफल, आक्रमणकारी मारिए

नेपाल पाना माघ ८ २०७८
  • 2.9K
    SHARES
  • अमेरिकामा पाकिस्तानको आतंकि मिशन असफल, आक्रमणकारी मारिए

    टेक्सास । वैज्ञानिक आफिया सिद्दिकीको रिहाईका लागि अमेरिकाको टेक्सासमा यहुदी पूजास्थल सिनेगागमा उपस्थित मानिसहरूलाई बन्धक बनाउने आक्रमणकारीलाई अमेरिकी पुलिसले मारेको छ।

    टेक्सासका गवर्नरले सबै बन्धकहरू सुरक्षित रहेको घोषणा पनि गरेका छन्। अमेरिकाको टेक्सासमा एक बन्दूकधारी आक्रमणकारीले यहुदीहरूको पूजास्थलमा प्रवेश गरेर त्यहॉं उपस्थित मानिसहरूलाई बन्धक बनाएको थियो।

    उनले पाकिस्तानकी तंत्रिका विज्ञानी आफिया सिद्दिकीको रिहाईको माग गरिरहेका थिए। आफियामाथि अलकायदासित सम्बन्ध राखेको र अफगानिस्तानमा सैन्य अधिकारीहरूलाई मार्ने प्रयास गरेको आरोप छ। ब्रेंडिस यूनिभर्सिटी र मेसाचुसेट्स इन्स्टीट्यूट अफ् टेक्नोलोजी (एमआईटी) बाट डिग्री लिएकी आफिया टेक्सासको संघीय जेलमा बन्द छिन्।

    उल्लेखनीय छ की, यहुदी पूजाघर सिनेगागमा चलिरहेको अनुष्ठानको फेसबुकमा सीधा प्रसारण भइरहेको थियो। त्यही समय एक व्यक्ति बन्दूक लिएर त्यहॉं प्रवेश गरे र उपस्थित सबैलाई बन्धक बनाए। लाइभस्ट्रीममा त्यो दृश्य नदेखिए तापनि त्यस व्यक्तिको आवाज भने सुनिन्दै थियो।

    उनले एक बन्धकलाई छोडिदियो र अन्यहरूलाई मार्ने धमकी दिएको थियो। अमेरिकी पुलिसले कारबाही गर्दै बन्धक बनाउने उक्त व्यक्तिलाई मार्न सफल बन्यो। टेक्सासका गवर्नर ग्रेग एबाटले बन्धक बनाइएका सबै मानिसहरू सुरक्षित रहेको बताएका छन्।

    माघ ८, २०७८ शनिवार ०८:४६:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमेरिका
  • # आतंकवादी हमला

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend