Logo

सोमवार, जेठ ९ गते २०७९

images

एसपी कार्कीको कमाण्डमा कपिलवस्तु प्रहरीको उत्कृष्ट कार्यसम्पादन, जिल्ला अदालतले गर्यो सम्मान

एसपी कार्कीको कमाण्डमा कपिलवस्तु प्रहरीको उत्कृष्ट कार्यसम्पादन, जिल्ला अदालतले गर्यो सम्मान

नेपाल पाना माघ ८ २०७८
  • 4.3K
    SHARES
  • एसपी कार्कीको कमाण्डमा कपिलवस्तु प्रहरीको उत्कृष्ट कार्यसम्पादन, जिल्ला अदालतले गर्यो सम्मान

    कपिलवस्तु । जिल्ला अदालतले कपिलवस्तु प्रहरीलाई सम्मान गरेको छ ।

    अदालतबाट सजाय पाएर वर्षौदेखि फरार प्रतिवादीलाई धमाधम पक्राउ गरेर फैसला कार्यान्वयनमा सघाएको भन्दै कपिलवस्तु जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई शुक्रबार सम्मान गरेको हो ।

    जिल्ला न्यायाधीश तेजेन्द्र प्रसाद शर्मा सापकोटाले जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठकमा कपिलवस्तु प्रहरीका तर्फबाट उपस्थित प्रहरी निरीक्षक रेशम पौडेललाई प्रमाणपत्र प्रदान गरे ।

    कपिलवस्तु प्रहरी प्रमुख एसपी दानबहादुर कार्की र डीएसपी कोभिड संक्रमित भएर आइसोलेसनमा भएकाले इन्सपेक्टर पौडेल बैठकमा पुगेका थिए । प्रहरीलाई सम्मानित गर्दै जिल्ला न्यायाधीश सापकोटाले कपिलवस्तु प्रहरीले कुशल नेतृत्व पाएको र कानुन कार्यान्वयनमात्र नभई अनुसन्धानमा अब्बल काम गरेको बताए ।

    Kapilwastu.jpg

    ‘जिल्लामा तपाईंहरुले गज्जबको नेतृत्व पाउनुभएको छ । टिम र नेतृत्व गज्जबको छ । एसपी (कार्की) सापको यो नेतृत्वबाट तपाईहरुले क्षमता अभिवृद्धिमा लाभ लिने, सिक्ने कुरा पनि धेरै छन्,’ न्यायाधीश सापकोटाले भने ।

    ६ महिनामा ५७७ जना पक्राउ जिल्लामा एसपी दानबहादुर कार्की प्रहरी प्रमुख भएर आएपछि यो आर्थिक वर्षको ६ महिनामा जिल्ला अदालतको सजाय छलेर फरार ‍५७७ जना फरार प्रतिवादी पक्राउ परेका छन् । २०१ वर्ष ११ महिना १२ दिन कैद भुक्तान कार्यान्वयनमा आएको छ । ३२ लाख ४२ हजार ८३२ रुपैयाँ जरिवाना असुली भएको छ ।

    फैसला कार्यान्वयमा उच्चस्तरको कार्सम्पादन गरेकोमा सो कार्यको उच्च कदर गर्दै जिल्ला अदालतले ५ माघमा प्रहरीलाई सम्मान गर्ने निर्णय गरेको थियो ।

    निर्णयअनुसार शुक्रबार जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठकमा जिल्ला न्यायधीश सापकोटाले जिल्ला प्रहरी कार्यालयलाई धन्यवादसहित प्रशंसापत्र प्रदान गरे ।

    माघ ८, २०७८ शनिवार १२:४६:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कपिलवस्तु

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend