काठमाडौं । रामेछापमा एमाले परित्याग गरेर कांग्रेस प्रवेश गर्नेको संख्या ह्वात्तै बढेको छ । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नम्बर ५ का एमालेका युवा नेताहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।
उक्त वडाका एमाले युवा नेताहरु अर्जुन नेपाली, आकाश नेपाली, सुब्बा नेपाली, वीर बहादुर श्रेष्ठले पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा युवा नेता रत्नहरि ढुंगेलले पार्टी सदस्यता दिएर स्वागत गरेका थिए । उक्त पार्टी प्रवेश कार्यक्रमको अध्यक्षता भने वडा नम्बर ५ का कार्य समिति सभापति बिराज श्रेष्ठले गरेका थिए ।
यसबाहेकका विभिन्न जिल्लामा पछिल्लो समय एमाले परित्याग गरी कांग्रेस प्रवेश गर्नेको संख्या बढेको छ ।