काठमाडौं । लोकप्रिय गायिका लता मंगेशकरको अवस्थामा सुधार भएको तरपनि उनी अस्पतालको आइसीयूमा नै भर्ना रहेको अस्पतालले जानकारी दिएको छ ।
हल्का लक्षणसहित ८ जनवरीमा ९२ वर्षीया लता मंगेशकर कोरोनाद्वारा संक्रमित पाइएकी थिइन् । त्यसपछि उनलाई दक्षिणी मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा आइसीयूमा भर्ना गरिएको थियो ।
लता मंगेशकरको स्वास्थ्यको विषयमा पछिल्लो जानकारी दिँदै ब्रीच क्यान्डी अस्पतालका असोसिएट प्राध्यापक डाक्टर प्रतीत सामदानीले समाचार एजेन्सी पीटीआईलाई भने, ‘उनको स्वास्थ्यमा सुधार छ । उनी आइसीयूमा छिन् । उनी कति दिनसम्म अस्पतालमा भर्ना हुनेछिन् भनेर जानकारी दिन मुश्किल छ ।’
अहिले उनको स्वास्थ्यमा केही सुधार भएको छ । सबै नागरिकले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।