Logo

बुधवार, जेठ ४ गते २०७९

images

गौर हत्याकाण्ड उपेन्द्र यादवकै डिजाइनमा भएको पुष्टि, रेशम चौधरीलाई जेल हाल्दा उपेन्द्रलाई जोगाउने ?

गौर हत्याकाण्ड उपेन्द्र यादवकै डिजाइनमा भएको पुष्टि, रेशम चौधरीलाई जेल हाल्दा उपेन्द्रलाई जोगाउने ?

नेपाल पाना माघ ९ २०७८
  • 13.4K
    SHARES
  • गौर हत्याकाण्ड उपेन्द्र यादवकै डिजाइनमा भएको पुष्टि, रेशम चौधरीलाई जेल हाल्दा उपेन्द्रलाई जोगाउने ?

    काठमाडौं । नेकपा माओवादीका २७ जना कार्यकर्ताको ज्यान जानेगरी १५ वर्षअघि भएको गौर हत्याकाण्डमा उपेन्द्र यादवले आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् ।

    माओवादीसँग प्रतिशोध लिन गरिएको उक्त हत्याकाण्ड उपेन्द्रकै योजनामा भएको घटनाक्रमले खुलाउँदै गएको छ । गौर नरसंहारको मुख्य योजनाकारण नै उपेन्द्र भए पनि यो घटनालाई राजनीतिक बनाएर उनी उम्किएका छन् । यसमा आफ्नो प्रत्यक्ष संलग्नता नरहेको भन्दै दल देखाएर उम्किए ।

    मधेस आन्दोलनको उपज भनेर प्रशासनले पनि गौर हत्या काण्डको फाइल अघि बढाउन सकेको छैन । कसैलाई कारवाही भएको छैन । पीडित परिवार रोइरहेको छ । सत्तामा जाँदा पनि माओवादीले कारवाहीको साटो आफ्ना कार्यकर्ताका हत्यारासँग हात मिलाएर पटक पटक सरकार चलाइरहेको छ ।

    उपेन्द्रको अस्वीकार तथा माओवादी नेतृत्वले नै गौर हत्याकाण्ड डिसमिस गर्न खोज्दा हालै उपेन्द्रकी विश्वासपात्र जसपा नेतृ एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले पोल खोलेकी छन् । रेणुले गौर हत्याकाण्ड आफ्नो पार्टी तथा नेतृत्व (उपेन्द्र)ले नै गरेको हो भन्ने खुलासा गरेकी हुन् ।

    भलै रेणुले आफ्नो बाटो छेकेको, कालो झण्डा देखाउने सीके राउतको हत्या गर्ने धम्की दिएर नै भनेकी किन नहुन ? तर रेणुको अभिव्यक्तिले गौर नरसंहार नियोजित रुपमा घटाइएको थियो भन्ने प्रमाणित गरेको छ, साथै त्यसमा त्यतिबेलाको मधेसी जनअधिकार फोरम नेतृत्व (उपेन्द्र) सहभागी थिए भन्ने देखाएको छ । र फेरि दोहोर्याउने चेतावनी दिएकी छन् ।

    सरकारमा बसेको मन्त्री अझ विश्वासपात्रले नै गौर हत्याकाण्ड नियोजित थियो भन्ने बाहिर ल्याइसकेपछि अब उपेन्द्र यादवमाथि छानविन तथा कारवाही हुनुपर्ने माग उठ्न थालेको छ । घटनाको डेढ दशकपछि उपेन्द्र प्रश्नको कठघरामा उभिएका छन् ।

    टीकापुर घटनामा प्रत्यक्ष संलग्नता नभएका रेशम चौधरीलाई मुख्य योजनाकार भनेर मुद्दा चलाई जेल हालिएको छ । तर २७ जनाको नरसंहारका मुख्य योजनाकार भनिएका उपेन्द्रमाथि मुद्दा नै नचलाएर जोगाइएको भन्दै बेला बेला विरोध हुने गरेको छ ।

    मानवअधिकारवादी संस्था, नागरिक समाजलगायत दण्डहीनता विरुद्धका अभियन्ताहरुले आवाज उठाउने गरेका छन् । अहिले आएर उनकै पार्टीकी मन्त्री एवं विश्वासपात्र रेणुले आफूहरुकै योजनामा गौर हत्याकाण्ड भएको खुलासा गरेपछि छानविनको आवाज बलियो बनेको छ । उपेन्द्र अप्ठ्यारोमा परेका छन् ।

    धेरैले रेशमलाई कारवाही गर्ने तर उस्तै अपराधका मुख्य योजनाकारलाई जोगाउने भन्दै चर्को विरोध गरेका छन् ।

    माघ ९, २०७८ आइतवार १७:०६:०० बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend