काठमाडौं। जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले स्थानीय तहको निर्वाचन गर्ने बिषयमा सत्ता गठबन्धनमा सर्वसम्मत सहमति भएको बताएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पाँच दलका नेता र कानुनविदहरुको छलफलपछि उनले सामाजिक सञ्जालमार्फत स्थानीयत तहको अवधि सकिनासाथ निर्वाचन गर्ने सहमती भएको बताएका हुन् ।
२०७४ सालमा वैशाख ३१ गते, जेठ ३१ गते र असो २ गते स्थानीय तहको निर्वाचन भएको थियो । भट्टराईका अनुसार सबै स्थानीय तहका जनप्रतिनिधिको समयावधि आगामी २०७९ असोजमा सकिएपछि नयाँ निर्वाचन हुनेछ।
यस बिषयमा उनले सामाजिक सञ्जालमा भनेका छन्, 'संविधानसंग बाझिएका कानूनमा सुधार गरेर स्थानीय तहका तीन चरणको चुनावबाट गठित पालिकाहरूको कार्यकाल पूरा हुनासाथ संविधान बमोजिम नयाॅ चुनाव गराउने गठबन्धनमा सर्वसम्मत सहमति भएको छ!आफ्नो आंगको भैंसी नदेख्नेहरूले अरूको आंगको जुम्रा देखाएर जनतामा भ्रम नछरून्!'