काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतवार १५ बुँदे विज्ञप्तिमा जारी गर्दै वर्तमान सरकार ६ महिनामै असफल भएको आरोप लगाएका छन् ।
ओलीको विज्ञप्तीको जवाफमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएपछि आफुहरु सत्तामा आएको बताएका छन् ।
पाँच दलीय गठबन्धन र कानुनविदहरुबीच बालुवाटारमा भएको छलफलपछि सञ्चारकर्मीसँग बोल्दै प्रवक्ता कार्कीले यस्तो जवाफ दिएका हुन् ।
'यो संविधानलाई ओली सरकारले तहसनहस गरेको थियो। एक दलीय व्यवस्था र अधिनायकवादतर्फ उन्मुख गराएकाले यो सरकार बनेको होु,यो सरकारले जनताको आकांक्षा अनुसार काम गर्छ। हामी संविधानको भावना र स्प्रिट अनुसार चल्छौँ। संविधानको भावना अनुसार निर्देशित गर्छौँ।'
उनले ओलीको लामो वक्तव्य पढ्न नपाएको बताउँदै तर उनले तीन वर्षमा मुलुकलाई गलत दिशामा लगेको पनि आरोप लगाए।
'उहाँ(ओली) ले तीन वर्षमा मुलुकलाई कुन दिशामा अगाडि बढाउनु भएको थियोरु त्यसको समीक्षा आगामी निर्वाचनमा जनताले गर्नेछन्,यो सरकार असफल भयो भन्ने आरोप गलत हो। उहाँको सरकार असफल भएरै यो सरकार आएको हो।'