काठमाडौं। बलिउड अभिनेत्री प्रियंका चोपडाले सेरोगेसी मार्फत बच्चा पाएकी छन् । सेरोगेसी अर्थात कुनै महिलालाई पैंसा दिएर या कुनै सहमतिमा प्रयोग गरेर उसको गर्भमा आफ्नो बच्चा जन्माउनु हो ।
चर्चीत अभिनेत्रि प्रियंकाले पनि यसरी नै बच्चा जन्माइन् । प्रियंकाले सरोगेसीमार्फत बच्चा जन्माएसँगै चर्चित लेखिका तसलिमा नसरिनले सामाजिक सञ्जाल ट्विटरमा प्रश्न गरेकी छन् ।
यद्यपि, उनले आफ्नो उत्सुकता वा प्रश्नको प्रियंकासँग कुनै लिनुदिनु नभएको बताएक छिन् ।
तसलिमाले भनेकी छन्, ‘ सेरोगेसीबाट रेडिमेट बेबी पाउने आमाले कस्तो महसुस गर्छन् होलान् ?’ उनले अगाडि भनेकी छिन् ‘उनलाई आफ्नो बच्चाप्रति त्यस्तै महसुस हुन्छ जुन एक आमाले आफ्नो बच्चा जन्माएपछि गर्छन् ?’