Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

विमानको पांग्रमा लुकेर दक्षिण अफ्रिकाबाट नेदरल्याण्ड्स

विमानको पांग्रमा लुकेर दक्षिण अफ्रिकाबाट नेदरल्याण्ड्स

नेपालपाना माघ १० २०७८
  • 5.3K
    SHARES
  • विमानको पांग्रमा लुकेर दक्षिण अफ्रिकाबाट नेदरल्याण्ड्स

    काठमाडौं। पत्यार लाग्ने गाह्रो पर्ने गरी एक व्यक्ति दक्षिण अफ्रिकाको जोहान्सवर्गदेखि विमानको पांग्रा भएको भागमा लुकेर नेदरल्याण्ड्स पुगेका छन्।

    कार्गो विमानको पांग्रा भएको भागमा लुकेर नेदरल्याण्ड्सको आमटर्डमस्थित स्किफुल एयरपोर्टमा पुगेका उनलाई जीवितै फेला पारिएको हो। 

    उक्त विमान केन्याको नाइरोबीमा एकपटक रोकिएर नेदरल्याण्ड्स पुगेको हो। यस्तोमा उनी केन्याको नाइरोबीबाट विमानको पांग्रामा लुकेर आएका हुन् वा जोहान्सवर्गदेखि नै आएका हुन् भन्नेचाहिँ खुलेको छैन।

    निकै उचाइमा तीव्र वेगले उड्ने भएकाले विमानको बाहिरी भागमा बस्ने मानिस अत्यधिक चिसो र अक्सिजनको अभावको कारण बाँच्ने सम्भावना निकै कम हुन्छ। प्रहरीका अनुसार ती पुरुष कुन देशका नागरिक हुन् भन्ने अझै पनि खुल्न सकेको छैन।

    प्रहरीका अनुसार ती व्यक्ति पांग्रामा लुकिरहेको अवस्थामा फेला परेको र अहिले उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। ती व्यक्ति अहिले सामान्य कुराको उत्तर दिन सक्ने अवस्थामा छन्। बीबीसी

    माघ १०, २०७८ सोमवार १९:४३:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend