काठमाडौं। राष्ट्रिय योजना आयोगमातहतको केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा बुधबार सार्वजनिक गर्ने भएको छ ।
सो जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो ।
नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको यो हिलो जनगणना हो । जनगणनाको प्रारम्भिक नतिजा यही माघ १२ गते बुधबार भर्चुअलरुपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने विभागले जानकारी दिएको छ ।