Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

बतासमाथि अर्काे संकट, पशुपति धर्मशालाको सम्झौता रद्ध गर्दै सरकार

बतासमाथि अर्काे संकट, पशुपति धर्मशालाको सम्झौता रद्ध गर्दै सरकार

नेपालपाना माघ ११ २०७८
  • 5.1K
    SHARES
  • बतासमाथि अर्काे संकट, पशुपति धर्मशालाको सम्झौता रद्ध गर्दै सरकार

    काठमाडौं। पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता रद्ध गर्नका लागि सरकारले प्रक्रिया अघि बढाउने भएको छ ।

    सिंहदरबारस्थीत संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलमा बसेको पशुपति क्षेत्र विकासको बैठकले छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने, छानविन गरेर आवश्यक कारवाही गर्ने र सम्झौता रद्ध गर्नका लागि प्रक्रिया अघि बढाउने निर्णय भएको पर्यटनमन्त्री प्रेम आलेले जानकारी दिएका हुन् ।

    सो क्रममा मन्त्री ओलले नियमविपरित सरकारी सम्पतीमाथि हस्तक्षेप गर्नेमाथि कारवाही गर्ने स्पष्ट पारे । उनले गलत भएका कामको छानविन गरेरै छाड्ने स्पष्ट पारे । त्यस्तै उनले लुम्विनी बिकास कोष अन्तर्गतको मास्टरप्लान अनुसार नै विभिन्न ठाउँमा गुम्बालगायत होटल बनाउने काम अघि बढेको जिकिर गरे ।

    आफूले लोकप्रियताका लागि नभएर आफूले दायित्व मात्र निर्वाह गरेको उनको भनाइ छ । यसअघि बतासले पशुपति धर्मशालामा सञ्चालन गरेको होटलको मन्त्री आलेले पनि निरीक्षण गरेका थिए ।

    त्यस्तै, पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीलाई सर्बसुलभ रूपमा खान र बस्न सहज होस् भनेर भारत सरकारको ४० करोड लगानीमा बनेको ‘नेपाल–भारत मैत्री धर्मशाला’मा ‘होटल आनन्द’ सञ्चालन गर्न दिँदासमेत ठेक्का सम्झौतामै मिलेमतो गरेको प्रतिवेदनले देखाएको थियो ।

    माघ ११, २०७८ मंगलवार १९:२५:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आनन्द बतास

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend