काठमाडौं । भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा ‘आजादीका अमृत महोत्सव’ अन्तर्गतको कार्यक्रममार्फत भारतीय राजदूतावासको रक्षा प्रभागले नेपालमा असहायतलाई गतिशीलता सामग्री वितरण गरेको छ ।
‘आजादीका अमृत महोत्सव’ अन्तर्गतको कार्यक्रमको रुपमा धरानस्थित पेन्सन वितरण कार्यालयको तत्वावधानमा भारतीय सेना तथा आसाम राइफल्सका भूपू सैनिकका लागि धरानमा मोबिलिटी एड डिस्ट्रिब्युसनको आयोजना गर्दै उक्त सामग्री वितरण गरेको हो ।
भारतीय सेनाका भूपू सैनिकहरुको कल्याण हेतु रक्षा प्रभागले चालेका थुप्रै प्रयासहरुमध्येकै यो शिविर एक हो ।
यस शिविरमा ३२ जना दिव्यङ्गजन भूपू तथा उहाँहरुका परिवारका सदस्यहरुलाई ह्वीलचेयर तथा वैसाखी प्रदान गरिएको थियो ।
उमेर सम्बन्धी अशक्तता÷दुर्बलता र अन्य स्वास्थ्य समस्याबाट पीडित भूपू सैनिक तथा उहाँका परिवारका सदस्यहरुलाई पेन्सन डक्युमेन्टेसन क्याम्प तथा ¥यालीमार्फत पहिचान गरिएको थियो ।
धरानस्थित वी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्थोपेडिक्स विभागले स्वास्थ्य परीक्षणमा सहयोग गरेको थियो । यस किसिमको मोबिलिटी एडले पीडितहरुको शारीरिक क्रियाकलापमा सघाउदै उहाँहरुलाई समाजसँग जोड्न मद्दत गर्नेछ ।
महामारीको समयमा आफ्ना भूपू सैनिक तथा समाजको हित हुने काम गर्न तथा उहाँहरुको समस्या निराकरण गर्न रक्षा प्रभागले विविध उपायहरु अपनाइरहेको छ ।
समयमै पेन्सनको भुक्तानी, भर्चुअल आइडेन्टिफिकेसन, डिजिटलाइजेसन, रक्तदान शिविर, रासन वितरण, मास्क तथा स्यानिटाइजरको वितरण, स्थानीय प्रशासनलाई सहयोग, ह्वीलचेयरको वितरण, धेरै भन्दा धेरै क्षेत्रहरु समेट्न नयाँ डक्युमेन्टेसन ¥याली जस्ता विभिन्न कार्यहरु प्रभागले गर्दै आएको छ ।
विभागले यसलाई आफ्ना भूपू सेना तथा नेपाली समाजको कल्याणका लागि आफ्नो चासो र प्रतिबद्धतालाई जनाएको बताएको छ । विज्ञप्ती जारी गर्दै विभागले भनेको छ, “हाम्रा भूपू सेनाका लागि हामी थियौं, हामी छौं र हामी सदैव रहनेछौं”