काठमाडौं । राष्ट्रियसभाका रिक्त १९ सिटमा भएको निर्वाचनमा सत्ता गठबन्धनलाई फाइदा पुगेको छ । यसअघि २४ सिट रहेको नेकपा एमाले अब १७ सिटमा खुम्चिएको छ ।
राष्ट्रियसभाका कांग्रेसको ३ सिट थपिएको छन् भने, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीको एक–एक सिट थपिएको छ।
सत्तागठबन्धनमा रहेका दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनर्मोचा (राजमो)सँगको प्रतिष्पर्धामा एमालेले सात सिट गुमाएको छ ।
राष्ट्रियसभामा एमालेका ८, माओवादी केन्द्र र एकीकृत समाजवादीका ४र४ र कांग्रेसको ३ गरी १९ सांसदले ४ वर्षे अवधि पुगेर बिदा लिएपछि बुधबार निर्वाचन भएको हो ।