Logo

बुधवार, जेठ ४ गते २०७९

images

कांग्रेसका यस्ता सांसद, जसले आफ्नो सबै तलबभत्ता गरिबको उपचारदेखि विद्यार्थीको छात्रवृत्तिमा दिन्छन्

कांग्रेसका यस्ता सांसद, जसले आफ्नो सबै तलबभत्ता गरिबको उपचारदेखि विद्यार्थीको छात्रवृत्तिमा दिन्छन्

नेपाल पाना माघ १३ २०७८
  • 2.9K
    SHARES
  • कांग्रेसका यस्ता सांसद, जसले आफ्नो सबै तलबभत्ता गरिबको उपचारदेखि विद्यार्थीको छात्रवृत्तिमा दिन्छन्

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले तलबभत्तावापत प्राप्त सबै रकम सामाजिक कार्यमा खर्च गरेका छन् ।

    गोरखा क्षेत्र नम्बर २ को (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य दवाडीले पछिल्लो एक वर्षमा तलबभत्तावापत प्राप्त ७ लाख ८२ हजार ३ सय ५६ रुपैयाँ र व्यक्तिगत ५ लाख ८१ हजार ४ सय ३५ रुपैयाँ गरी १३ लाख ६३ हजार रुपैयाँ बराबरको रकम सामाजिक कार्यमा खर्च गरेका हुन् ।

    प्रदेशसभा सदस्य दवाडीले सामाजिक संघ संस्था, विपन्न नागरिकको औषधी उपचार र विद्यार्थीहरूको छात्रवृत्तिका लागि सो रकम खर्च भएको जानकारी दिएका छन् । ‘मैले निर्वाचन जितेलगत्तै तलबभत्ताको पैसा गोरखाका जनताको सुखदु:खमा खर्च गर्छु भनेको थिएँ । यो कार्यलाई ५ वर्षसम्म निरन्तरता दिएको छु’, दवाडीले भने ।

    उनले नागरिकको स्वास्थ्योपचार राज्यले नै निशुल्क गर्नुपर्ने भएपनि जनप्रतिनिधिको हैसियतले आफ्नो क्षेत्र र जिल्लाका जनतालाई अप्ठ्यारो पर्दा सहयोग गरेको बताए । कोभिड महामारीपछि गोरखाका विभिन्न गाउँमा स्वास्थ्य उपकरण र स्वास्थ्य सामाग्री खरिदमा समेत दवाडीले तलबभत्ताको रकम सहयोग गरेका छन् ।

    उनले हरेक वर्ष तलबभत्तावापत प्राप्त रकम र त्यसको खर्च विवरण सार्वजनिक गर्दै आएका छन् । यस वर्ष प्रदेशसभा सदस्य दवाडीले विभिन्न मितिमा गोरखाका विभिन्न संघ संस्था तथा व्यक्ति, स्वास्थ्यचौकी गरी ३१ संस्थालाई सहयोग गरेका छन् ।

    माघ १३, २०७८ बिहिवार ०८:५०:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • # समाज सेवा

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend