Logo

बुधवार, जेठ ४ गते २०७९

images

कानुन मन्त्री एवं कांग्रेस नेता दिलेन्द्र बडूलाई कोरोना संक्रमण

कानुन मन्त्री एवं कांग्रेस नेता दिलेन्द्र बडूलाई कोरोना संक्रमण

नेपाल पाना माघ १३ २०७८
  • 2.2K
    SHARES
  • कानुन मन्त्री एवं कांग्रेस नेता दिलेन्द्र बडूलाई कोरोना संक्रमण

    काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूलाई कोरोना संक्रमण भएको छ ।

    नेपाली कांग्रेसका नेतासमेत रहेका बडूलाई बिहीबार संक्रमण देखिएको हो । बडूले बुधबार पीसीआर परीक्षण गरेका थिए ।

    आज रिपोर्ट पोजेटिभ आएको हो । ‘स्वास्थ्यमा सामान्य लक्षणहरु देखिएपश्चात हिजो कोभिड-१९ को पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको छ,’ उनले भने ।

    केही दिनयता आफ्नो प्रत्यक्ष सम्पर्कमा रहनु भएका सम्पूर्णलाई स्वास्थ्य सावधनी अपनाउनका लागि उनले अनुरोध गरेका छन् ।

    ‘डाक्टरको सल्लाह अनुसार अबका केही दिन आइसोलेशनमा रहने छु,’ उनले भने ।

    माघ १३, २०७८ बिहिवार १०:१५:५८ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend