Logo

शनिवार, आषाढ ११ गते २०७९

images

रूसी विदेशमन्त्रीले भने- युक्रेनसँग युद्ध चाहन्नौं

रूसी विदेशमन्त्रीले भने- युक्रेनसँग युद्ध चाहन्नौं

नेपालपाना माघ १४ २०७८
  • 4.4K
    SHARES
  • रूसी विदेशमन्त्रीले भने- युक्रेनसँग युद्ध चाहन्नौं

    काठमाडौं । शुक्रबार रुसी विदेशमन्त्री सर्गेइ ल्याभरोभले रुसले युक्रेनसँग युद्ध गर्न नचाहेको बताएका छन् ।

    'यदि यो रुसमाथि निर्भर गर्छ भने त्यहाँ युद्ध हुने छैन्, हामी युद्ध चाहन्नौं, तर हामी हाम्रा चासोको बिषयलाई कठोर रूपमा कुल्चीन र बेवास्ता गर्न पनि अनुमति दिँदैनौं,' शुक्रबार रुसी विदेशमन्त्री ल्याभरोभले भनेका छन् ।

    रुसले युक्रेनी सीमामा लाखौं सैनिक र हातहतियार स्थापना गरेको छ । अमेरिका, युरोप अन्य सहयोगीले युक्रेनमाथि आक्रमण गरे रुसले कडा परिणामको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।

    पश्चिमाले आफ्नो चासोको बिषयलाई बेवास्ता गर्न खोजेको तर, बुधबार अमेरिका र नाटोले रुसलाई पठाएको जवाफमा केही कुरा भएको ल्याभरोभले बताएका छन् ।

    यसअघि जनवरी २१ मा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनसँग ल्याभरोभले भेटवार्ता गरेका थिए । आउँदा दिनमा चाँडै फेरि अर्काे वार्ता हुनसक्ने उनले बताएका छन् ।

    माघ १४, २०७८ शुक्रवार १८:५३:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend