Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

पेट्रोलकाे एक लिटरमा ५८ रुपैयाँ कर

पेट्रोलकाे एक लिटरमा ५८ रुपैयाँ कर

नेपालपाना माघ २१ २०७८
  • 6.1K
    SHARES
  • पेट्रोलकाे एक लिटरमा ५८ रुपैयाँ कर

    काठमाडाैं। नेपालमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । 

    अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै नेपाल आयल निगमले मङ्गलबार रातिदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर ३/३ रुपैयाँ वृद्धि गरेको छ ।

    मूल्यवृद्धिसँगै डिजेल मट्टितेलको मूल्य प्रतिलिटर रु १२५ र पेट्रोलको मूल्य प्रतिलिटर रु १४२ पुगेको छ । यसअघि २०७० साल फागुनमा नेपालमा डिजेल मट्टितेलको मूल्य प्रतिलिटर रु १०९ र पेट्रोलको मूल्य प्रतिलिटर १३९ पुगेको थियो । इन्डियन आयल कर्पोरेशन (आइओसी) सँग सस्तोमा पेट्रोलियम पदार्थ किनेर निगमले उपभोक्तासँग चर्को मूल्य लिएको भन्दै आलोचना हुने गरे पनि इन्धनको मूल्य उच्च हुनुमा करको हिस्सा बलियो रहेको छ । 


    पेट्रोलियम पदार्थमा सरकारले उच्च कर लिने गरेको छ । आइओसीबाट यही फेब्रुअरी १ तारिखका दिन प्राप्त नयाँ मूल्यसूची अनुसार निगमलाई पेट्रोलको खरिद मूल्य प्रतिलिटर ८४ रुपैयाँ ३२ पैसा, डिजेल प्रतिलिटर ८५ रुपैयाँ ४२ पैसा, मट्टितेल प्रतिलिटर ७९ रुपैयाँ १० पैसा, हवाई इन्धन (आन्तरिक र बाह्य) प्रतिलिटर ८० रुपैयाँ ९४ पैसा र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ५२२ रुपैयाँ ४९ पैसा पर्छ ।


    खरिद मूल्यमा सरकारी राजस्व र मूल्य अभिवृद्धि कर (भ्याट), प्रशासनिक र बिक्री खर्च (बीमासहित), प्राविधिक नोक्सानी, ढुवानी, बिक्रेता कमिसन जोडेर बिक्री मूल्य तय हुने गरेको निगमले जनाएको छ । सरकारले पेट्रोलमा प्रतिलिटर ५८ रुपैयाँ ४८ पैसा, डिजेलमा प्रतिलिटर ४१ रुपैयाँ १६ पैसा, मट्टितेलमा प्रतिलिटर १९ रुपैयाँ ३२ पैसा, हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर २० रुपैयाँ ४४ पैसा र बाह्यमा  १२ रुपैयाँ ६३ पैसा तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २७३ रुपैयाँ ९४ पैसा कर लिने गरेको छ ।

    माघ २१, २०७८ शुक्रवार १८:५०:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पेट्राेलियम पदार्थ

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend