Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

देउवा-प्रचण्डबीच खटपट : यसैबेला ओली बालुवाटारमा, ठूलै उथलपुथल हुने संकेत

देउवा-प्रचण्डबीच खटपट : यसैबेला ओली बालुवाटारमा, ठूलै उथलपुथल हुने संकेत

नेपालपाना माघ २३ २०७८
  • 4.8K
    SHARES
  • देउवा-प्रचण्डबीच खटपट : यसैबेला ओली बालुवाटारमा, ठूलै उथलपुथल हुने संकेत

    काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तासाझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को बिषयमा खटपट भएको छ ।

    प्रधानमन्त्री देउवाले प्रचण्ड माओवादी केन्द्रका अर्का नेता नारायणकाजी श्रेष्ठसँग टेलिफोनमा कुराकानी गर्ने क्रममा खटपट भएको हो ।

    स्रोतका अनुसार प्रचण्ड र श्रेष्ठले एमसीसीबारे थप अध्ययन गर्नका लागि लेखेको पत्र र जवाफमा एमसीसीले प्रचण्ड र श्रेष्ठलाई लेखेको पत्र सार्वजनिक भएपछि प्रधानमन्त्री देउवासँग तनावको स्थिती बनेको हो ।

    माओवादी केन्द्रका नेताहरुले  उक्त पत्र अहिले किन सार्वजनिक गरियो भन्दै आपत्ति जनाएका छन् । तर, यसको जवाफमा प्रधानमन्त्री देउवाले आफुले पत्र सार्वजनिक नगरेको बताएका छन् ।

    यसबैचीच आजै आइतबार अपरान्ह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलका लागि बालुवाटार जाने भएका छन् । 

    प्रधानमन्त्री देउवाले बोलाएको छलफलमा प्रचण्डलाई पनि निम्ता भए पनि उनी जाने नजाने टुंगो लागेको छैन् ।

    सत्ता गठबन्धनमा उतारचढाव सिर्जना भएका बेला र ओली र प्रधानमन्त्री देउवाबीचको वार्तालाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।

    माघ २३, २०७८ आइतवार १४:३२:४२ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend