Logo

बुधवार, आश्विन १९ गते २०७९

एमसीसी पारित गर्नेबारे बालुवाटारमा भयो निर्णय

एमसीसी पारित गर्नेबारे बालुवाटारमा भयो निर्णय

नेपालपाना माघ २३ २०७८
  • 4.2K
    SHARES
  • एमसीसी पारित गर्नेबारे बालुवाटारमा भयो निर्णय

    काठमाडौं। आइतबार बालुवाटारमा भएको प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलमा एमसीसी पारित गर्ने सम्बन्धी कुराकानी भएको छ ।

    बालुवाटारमा करिब २ घण्टा चलेको छलफलमा एमसीसी नै मुख्य एजेण्डा भएको बताइएको छ ।

    सो क्रममा प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्न सबै सहमत हुनुपर्ने प्रस्ताव अघि सारेका थिए । उनले सदन सुचारु गर्ने र एमसीसी पारित गर्ने प्रास्ताव अघि सारेका हुन् ।

    उता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनाव पछि मात्र एमसीसीबारे निर्णयमा पुग्ने गरी जानुपर्ने प्रस्ताव गरेको बताइएको छ । प्रचण्डले सदन सुचारु गर्न प्रतिपक्षीले सहयोग गर्नुपर्ने प्रस्ताव समेत राखेका छन् ।

    बैठकमा एमालेकातर्फबाट एमसीसीबारे पहिला सत्ता पक्षले स्पष्ट धारणा बनाउनु पर्ने कुरा आएको छ । एमसीसीबारे सत्ता पक्ष नै एक मत नदेखिएको भन्दै सत्ता पक्षले एक मत भएर दृष्टिकोण प्रस्तुत नगरी आफु नबोल्ने अडान छलफलमा एमालले राखेको हो ।

    माघ २३, २०७८ आइतवार १९:०१:४१ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend