एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा पाकिस्तानी प्रधानमन्त्री इमरान खान रुसको भ्रमणमा जाने भएका छन् ।
इमरान खानको भ्रमण निश्चित भएमा यो २३ वर्षपछि पाकिस्तानी प्रधानमन्त्रीको रुस भ्रमण हुनेछ ।
मार्च १९९९ मा, तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले रुसको भ्रमण गरेका थिए ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा रुसको यो भ्रमण हुन लागेको एआरवाई न्युजले जनाएको छ । यस भ्रमणका क्रममा इमरान खानसँग उनको मन्त्रिपरिषद्का मन्त्रीहरूको उच्चस्तरीय प्रतिनिधिमण्डल पनि संलग्न हुनेछ ।
गत महिना मस्को र इस्लामाबादले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको यस वर्षको भ्रमणको योजनालाई अन्तिम रूप दिन वार्ता गरिरहेको रिपोर्ट आएपछि यो कुरा बाहिर आएको हो।