Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

अब सार्वजनिक यातायातको भाडा भुक्तानी  कार्ड बाटै, जोगिने भयो लाखौं रुपैयाँ

अब सार्वजनिक यातायातको भाडा भुक्तानी  कार्ड बाटै, जोगिने भयो लाखौं रुपैयाँ

नेपालपाना माघ २६ २०७८
  • 3.7K
    SHARES
  • अब सार्वजनिक यातायातको भाडा भुक्तानी  कार्ड बाटै, जोगिने भयो लाखौं रुपैयाँ

    काठमाडौं। बागमती प्रदेश सरकारले अब, सार्वजनिक यातायातको भाडा कार्डबाट तिर्ने व्यवस्था लागु गर्ने तयारी गरेको छ ।

    बुधबार बसेको बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले यात्रुहरूको सहजताको लागि क्यासलेस प्रविधिबाट भाडा भुक्तानी प्रविधि सुरु गर्ने निर्णय गरेको हो । 

    हालसम्म यात्रुवाहक सवारीले भाडा लिँदा खुद्रा रकम नभएको भन्दै बढी भाडा लिँदै आएकाले त्यसको न्यूनीकरणका लागि र वर्तमान समयको आवश्यकता पनि भएकाले कार्डबाट भाडा भुक्तानी प्रविधि महत्वपूर्ण हुने सरकारको बुझाइ छ । हाल काठमाडौं उपत्यकामा मात्रै यसरी लाखौं रुपैयाँ बढी असुली हुने गरेको विभिन्न बिश्लेषणले देखाउँदै आएको छ ।

    बागमती प्रदेश सरकारका प्रवक्ता एवम् प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले भनेका छन्, ‘हामीले सार्वजनिक यात्रुवाहक सवारी प्रयोग गर्दा २७ रुपैयाँ दरको भाडा तिर्दा ३० रुपैयाँ दिँदै आएका छौं । ती सवारीहरूले खुद्रा पैसा नभएको भन्दै यात्रुलाई ३ रुपैयाँ भाडा फिर्ता नगर्दा यात्रुहरु ठगिँदै आएका थिए । त्यसलाई नियनत्रण गर्न र पारदर्शी बनाउन पनि क्यासलेस प्रविधि ल्याउने तर्फ सरकार लागेको हो ।’

    माघ २६, २०७८ बुधवार १८:४६:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बागमती

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend