Logo

बुधवार, आषाढ २२ गते २०७९

images

देउवा-प्रचण्ड बालुवाटारमा, एमसीसीले ततायो माहोल

देउवा-प्रचण्ड बालुवाटारमा, एमसीसीले ततायो माहोल

नेपालपाना माघ २६ २०७८
  • 3.6K
    SHARES
  • देउवा-प्रचण्ड बालुवाटारमा, एमसीसीले ततायो माहोल

    काठमाडौं। बुधबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भएको छ।

    अमेरिकी आर्थिक परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी संसदमा पेश गर्ने तयारीमा रहेका बेला बुधबार साँझ ५ बजेपछि दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो। 

    एमसीसीका लागि सत्ता साझेदार पाँच दलबीच सहमति नजुटेपछि आज बुधबारका लागि बोलाइएको संसद बैठक समेत स्थगित गरिएको थियो ।

    यस्तो बेला देउवा र प्रचण्डबीच एमसीसी र स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भएको बताइएको छ । त्यसअघि प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरेका थिए । 

    खासगरी गठबन्धनमा तनाब र कांग्रेस एमालेसँग निकटतम दुरी बनाइरहेका बेला दुई नेताबीचको छलफललाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।

    माघ २६, २०७८ बुधवार २०:३६:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा
  • # प्रचण्ड

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend