Logo

बुधवार, आश्विन १९ गते २०७९

अमेरिकी मन्त्रीको चेतावनीपछि केपी ओलीको शरणामा प्रचण्ड

अमेरिकी मन्त्रीको चेतावनीपछि केपी ओलीको शरणामा प्रचण्ड

नेपालपाना माघ २८ २०७८
  • 4.3K
    SHARES
  • अमेरिकी मन्त्रीको चेतावनीपछि केपी ओलीको शरणामा प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी ओलीको शरणमा पुगेका छन् । 

    अमेरिकासँग एमसीसी पारित गर्ने भनेर मागेको ६ महिना घर्किँदै लाग्दा पनि कुनै पहल नगरेपछि प्रचण्डलाई अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले टेलिफोन गरेर चिनियाँ दबाबमा एमसीसी रोके ठिक नहुने भन्दै चेतावनी दिएका थिए । 

    अमेरिकी मन्त्रीको चेतावनीपछि प्रचण्ड एमालेको शरणमा पुगेका हुन् । संसदमा सभामुखको राजीनामा मागेर अवरोध गरिरहेको एमालेले एमसीसीमा स्पष्ट धारणा सार्वजनिक गरेको छैन । प्रचण्डले आफ्नो पार्टीले नमान्ने भएकाले कांग्रेस र एमाले मिलेर एमसीसी पारित गरुन भन्ने चाहेका छन् । त्यसमा आफूले अप्रत्यक्ष सहयोग गर्ने प्रचण्डको रणनीति छ । 

    त्यसैअन्तर्गत प्रचण्डले एमाले अध्यक्ष ओलीलाई फोन गरेर सहयोग मागेका हुन् । प्रचण्डले एमसीसीको विषयमा निर्णय गर्न अनुरोध गरेको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए । 

    ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन’ दाहालले भने । 

    जवाफमा ओलीले पहिला सत्ता गठबन्धनले निर्णय गर्नुपर्ने धारणा राखेका थिए । ‘प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नुस, नेकपा (एमाले) त निर्णय गरिहाल्छ,’ उनले भने । 

    कांग्रेस एमसीसी पारित गर्न एक ढिक्का छ । एमाले पनि सभामुख हटाए पारित गर्न सघाउने पक्षमा छ । तर, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तत्काल सम्झौता अनुमोदनको पक्षमा छैनन् । 

    एमसीसीमा ढिलाई हुँदा अमेरिकी विदेशमन्त्री लुले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई टेलिफोन गरेका थिए । एमसीसीमा ढिलाई भए नेपाल र अमेरिकाको सम्बन्धमै असर पर्न सक्ने र अनुदान सहायता परियोजना फिर्ता भए चिनियाँ हस्तक्षेपमा भएको बुझ्ने चेतावनी दिएका थिए । 

    फागुन १६ भित्र पारित गरिसक्ने समयसीमा देउवा र प्रचण्डले एमसीसी मुख्यालयमा पत्र लेखेर तोकेका थिए ।

    माघ २८, २०७८ शुक्रवार ११:२७:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • # केपी शर्मा ओली

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend