Logo

बुधवार, आश्विन १९ गते २०७९

प्रचण्डले भने- महाभियोगले गठबन्धन झन् बलियो हुन्छ

प्रचण्डले भने- महाभियोगले गठबन्धन झन् बलियो हुन्छ

नेपालपाना फाल्गुण १ २०७८
  • 2.8K
    SHARES
  • प्रचण्डले भने- महाभियोगले गठबन्धन झन् बलियो हुन्छ

    काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि ल्याइएको महाभियोगले गठबन्धन झन् बलियो हुने टिप्पणी गरेका छन् ।

    जनकपुरमा जनयुद्ध दिवसको कार्यक्रमपछि सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

    ‘महाभियोग लगाएर गठबन्धन भत्कने होइन बरु झन् बलियो हुन्छ,’ अध्यक्ष प्रचण्डले भने ।

    जनयुद्ध दिवसको कार्यक्रममा प्रचण्डले गठबन्धन भत्काउने षड्यन्त्र निरन्तर चलिरहेको बताए । ‘जेठ ५ देखि नै गठबन्धन तोड्ने षड्यन्त्र निरन्तर चलिरहेको छ,’ प्रचण्डले भने । १२ बुँदे समझदारी नरुचाएका, संविधान, लोकतान्त्रिक गणतन्त्र नरुचाएकाहरुले निरन्तर गठबन्धन तोड्ने षड्यन्त्र गरिरहेको बताए ।

    फाल्गुण १, २०७८ आइतवार १९:२६:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रचण्ड

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend