Logo

शनिवार, आषाढ ११ गते २०७९

images

अन्तिम समयमा प्रचण्डको धोका, देउवाले लिए सुझबुझ निर्णय

अन्तिम समयमा प्रचण्डको धोका, देउवाले लिए सुझबुझ निर्णय

नेपाल पाना फाल्गुण ४ २०७८
  • 7.9K
    SHARES
  • अन्तिम समयमा प्रचण्डको धोका, देउवाले लिए सुझबुझ निर्णय

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तिम समयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई धोका दिएका छन् ।

    सरकारले आज संसदमा एमसीसी टेबल गर्ने तयारी गरेको थियो । प्रधानमन्त्री देउवाले सभामुख अग्नि सापकोटालाई पनि टेबल गर्न आग्रह गरिसकेका थिए । सभामुख पनि लचिलो भइसकेका थिए । प्रचण्ड आफ्नो निर्णय अडिग हुननसक्ने र बाह्य प्रभावमा धारणा बदल्ने प्रचण्डले एमसीसी टेबल गरे सरकार छाड्ने धम्की दिए ।

    गत शनिबार प्रचण्ड र माधव नेपाल आफू अनुपस्थित भएरै भए पनि एमसीसी अगाडि बढाउन सहयोग गर्ने वचन दिएका थिए । त्यसैले उनीहरुले भनेअनुसार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाभियोग दर्ता गराउन देउवा सहमत भएका थिए ।

    महाभियोग दर्ता भएसँगै प्रचण्ड र माधवले एमसीसीमा मौन सहयोग गर्ने देउवाको विश्वास थियो । तर आफ्नै निर्णयमा टिक्न नसक्ने प्रचण्डले आफ्नो अस्थिर व्यवहार आज प्रकट गरे ।

    सरकारले एमसीसी टेबलको तयारी गर्नै लाग्दा प्रचण्ड बालुवाटार गएर प्रधानमन्त्री देउवालाई एमसीसी टेबल गरे सरकार छाड्ने धम्की दिए । एमसीसी जबरजस्ती अगाडि बढाउँदा सत्ता गठबन्धन नै टुट्ने, लगत्तै चुनाव आइरहेको, कम्युनिस्टहरु फेरि मिल्न सक्ने, सरकार ढलेर अर्को सरकार बन्ने खतराका सुझबुझ निर्णय लिँदै प्रधानमन्त्री देउवा ब्याक भएका हुन् ।

    अहिले सरकार ढल्दा देशमा थप अस्थिरता हुने र कम्युनिस्टहरुको टकरावले देश दुर्घटनातिर जाने भन्दै देउवाले एमसीसीमा अन्तिमपटक सहमति जुटाउने प्रयास गर्नेछन् । सत्ता गठबन्धनमा अन्तिम सहमति गरेर अघि बढ्न देउवाले भोलि दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाएका छन् ।

    फाल्गुण ४, २०७८ बुधवार १६:४४:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा
  • # एमसीसी

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend