काठमाडौं। सरकारले नेपाल प्रहरीमा थप तीनजना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)थप्ने भएको छ ।
विहीबार (आज)बसेको मन्त्रिपरिषद् बैठकले तीनजना एआईजी थप गर्ने निर्णय गरेको हो ।
योसँगै प्रहरीमा प्राविधिकसहित एआईजीको दरबन्दी ९ पुगेको छ ।
थप भएको दरबन्दीमा बढुवाका लागि ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी, अरुणकुमार बिसी, घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्तलगायत प्रतिष्पर्धामा रहेको बताइएको छ ।