काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि हालतमा अमेरिकी सहायता परियोजना एमसीसी संसदमा पेश गर्ने बताएका छन् ।
बिहीबार अपराह्न प्रधामन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले यस्तो भनेका हुन् ।
उनले शुक्रबार कै प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गर्ने बताएका हुन् ।
बालुवाटार स्रोतका अनुसार प्रधामन्त्री देउवाले बैठकमा जसले जे सुकै गरे पनि सरकारले एमसीसी संसदमा पेश गर्ने भनेका हुन् ।
अर्काेतरि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी दलका नेताहरुले एमसीसी संसदमा टेबल हुन नहुने अडान राखेपछि गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ ।