Logo

शनिवार, आषाढ ११ गते २०७९

images

एमसीसी रोक्न नसकेपछि बेइजिङमा खैलाबैला, 'सुन्दरी' राजदूतलाई फिर्ता बोलाउने तयारी

एमसीसी रोक्न नसकेपछि बेइजिङमा खैलाबैला, 'सुन्दरी' राजदूतलाई फिर्ता बोलाउने तयारी

नेपाल पाना फाल्गुण ९ २०७८
  • 29.7K
    SHARES
  • एमसीसी रोक्न नसकेपछि बेइजिङमा खैलाबैला, 'सुन्दरी' राजदूतलाई फिर्ता बोलाउने तयारी

    काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी रोक्न नसकेपछि उत्तरी छिमेकी चीन असन्तुष्ट बनेको छ ।

    एमसीसी टेबल हुन नदिन माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपामाथि भरोसा गरे पनि उनीहरुले नै धोका दिएपछि चीनमा खैलाबैला भएको हो । चीनले प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादवमाथि भरोसा गरेको थियो । त्योभन्दा बढी भरोसा सभामुख अग्निप्रसाद सापकोटालाई गरेको छ ।

    किनभने उनले टेबल गर्न नमाने वा कार्यसूचीमा नराखे एमसीसी संसदमा पेश हुनै सक्दैनथ्यो । यसअघिका सभामुख कृष्णबहादुर महराले कडा अडान लिएर एमसीसी टेबल हुन नदिएर चीनप्रति वफादारी देखाएका थिए । महराले आफ्नै अध्यक्ष प्रचण्डलाई टेरेका थिएनन् ।

    तर अहिलेका सभामुख सापकोटाले प्रचण्डसँगै धोका दिएर टेबल हुन दिएपछि बेइजिङ चिन्तित बनेको चीननिकट कुटनीतिज्ञले बताएका छन् । एमसीसी रोक्न चीनले भएभरको बल लगाएको थियो ।

    एकीकृत कम्युनिस्ट पार्टी निर्माणदेखि चिनियाँ उच्च कुटनीतिज्ञको नेपाल भ्रमण तथा बेला कम्युनिस्ट नेताहरुसँग सम्वाद जारी राखेको थियो । चिनियाँ राजदूत होउ यान्छी कम्युनिस्ट नेताहरु घरघरमा दौडिरहेकी थिइन् ।

    कतिसम्म भने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले नेपालमा अमेरिकाको धम्कीपूर्ण कुटनीतिको प्रतिवाद गर्नेसम्मको थ्रेट दिए । करोडौं खर्च गरेर एमसीसीविरुद्ध भ्रम फैलाउन कम्युनिस्ट नेता कार्यकर्ता र अभियन्ताहरु उचाल्यो । तर यी सबै लगानी खेर गएपछि बेइजिङमा खैलाबैला भएको हो ।

    नेपालको पछिल्लो अवस्थाबाट क्रुद्ध बनेको बेइजिङले आफ्नी सुन्दरी राजदूत यान्छीलाई फिर्ता बोलाउने तयारी गरेको छ । नेपालमा कुटनीतिक रुपमा असफल भएको भन्दै चीनले राजदूत यान्छीलाई फिर्ता बोलाउने तयारी गरेको हो ।

    संसदमा टेबल भइसकेको एमसीसी अब पारित हुने ठहर गर्दै बेइजिङले अब पनि यसमा लगानी गर्नु उपयुक्त हुने निष्कर्ष निकाल्दै राजदूतसमेत फिर्ता बोलाउने तयारी गरेको बेइजिङमा रहेका एक कुटनीतिज्ञले जानकारी दिए ।

    फाल्गुण ९, २०७८ सोमवार १०:२५:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चीन
  • # एमसीसी

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend