Logo

शनिवार, आषाढ ११ गते २०७९

images

एमसीसी रोक्न बल लगाएको चीनलाई कांग्रेसले दियो कडा जवाफ, नेपालको चिन्ता नगर्न चेतावनी

एमसीसी रोक्न बल लगाएको चीनलाई कांग्रेसले दियो कडा जवाफ, नेपालको चिन्ता नगर्न चेतावनी

नेपाल पाना फाल्गुण १० २०७८
  • 4.5K
    SHARES
  • एमसीसी रोक्न बल लगाएको चीनलाई कांग्रेसले दियो कडा जवाफ, नेपालको चिन्ता नगर्न चेतावनी

    काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी रोक्न उत्तरी छिमेकी चीनले निकै प्रयास गर्यो । राजदूत, चिनियाँ कम्युनिस्ट पार्टीका विभिन्न तहका नेताको दौडधुपका बीच केही दिनअघि बेइजिङ (चिनियाँ विदेश मन्त्रालय) आफै अघि परयो ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले नेपालमा अमेरिकाले धम्कीपूर्ण कुटनीति सुरु गरेको त्यसको चीनले प्रतिकार गर्ने चेतावनी दिए । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाली नेताहरुलाई टेलिफोन गरेर एमसीसी के हुन्छ भनेर राखेको जिज्ञासालाई चीनले धम्कीपूर्ण कुटनीति भनेर एमसीसी रोक्ने प्रचारबाजीका रुपमा उपयोग गर्यो ।

    साथै नेपाललाई जोडेर अमेरिकासँग वाकयुद्धमै उत्रियो । चीनले यति गर्दा पनि एमसीसी टेबल भएरै छोड्यो । एमसीसी टेबल भएपछि प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले चीनलाई जवाफ फर्काएको छ ।

    कांग्रेसले नेपालको चिन्ता नगर्न चीनलाई चेतावनी दिएको छ भने नेपाललाई कसैले दबाब नदिएको र आफ्नो निर्णय गर्न समक्ष रहेको जवाफ फर्काएको हो ।

    कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार पत्रकार सम्मेलन गरेर अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले एमसीसी सम्झौता ढिलाईबारे चासो राख्नु स्वभाविक भएको र यसलाई अन्तर्राष्ट्रिय इस्यु बनाउन नहुने बताए । ‘हामीलाई कसैको दबाब आएको छैन ।

    अमेरिकी सरकारका तर्फबाट ‘तपाइहरुले मागेको, अनुमोदन गरेको एमसीसी सम्झौता पाँच वर्ष वितिसक्यो । अनिर्णय र विवादित भएको छ । यसलाई चाडो टुंगो लगाइदिनुपर्‍यो । अरु देशबाट माग आएको छ ।हामीले विशुद्ध सहयोग गर्न खोजेको हो, यसलाई अनावशयक विवादित बनाइदिँदा अफ्ठेरो पर्‍यो भन्नु अस्वभाविक होइन,’ उनले भने, ‘किनभने एमसीसीलाई नेपाली राजनीतिले गिजोलेको हो । हामीले समयमै निर्णय दिनुपर्छ । यसलाई दबाबको रुपमा लिएका छैनौं ।’

    एमसीसी अन्तर्राष्ट्रिय र राष्ट्रिय रुपमा विवाद/बहस छेडिनुमा कम्युनिस्टहरुले सत्तामा बसेर समयमै निर्णय नगर्दाको परिणाम भएको उनको भनाइ छ । ‘अब समयमै निर्णय दिनुपर्छ,’ उनले भने । कम्युनिस्टहरुका कारण नेपालमा अपरिपक्व राजनीतिक खेल भएको भन्दै महतले थपे, 'अमेरिका र चीनबीच विवाद निम्त्याउने काम भयो । विकास योजनालाई अत्यधिक राजनीतिक गरियो । एमसीसी जतिसक्दो चाँडो पास गर्नुपर्छ । भ्रमको अन्त्य गर्नुपर्छ ।'

    फाल्गुण १०, २०७८ मंगलवार ०८:१०:४५ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend