Logo

शनिवार, आषाढ ११ गते २०७९

images

प्रधानमन्त्री देउवा र ओलीबीच बालुवाटारमा वार्ता

प्रधानमन्त्री देउवा र ओलीबीच बालुवाटारमा वार्ता

नेपालपाना फाल्गुण १० २०७८
  • 13.4K
    SHARES
  • प्रधानमन्त्री देउवा र ओलीबीच बालुवाटारमा वार्ता

    काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता हुने भएको छ ।

    प्रधानमन्त्री देउवासँग छलफलका लागि ओली बालकोटबाट बालुवाटारतर्फ लागेका हुन् ।

    पछिल्लो समय एमसीसी पास गर्न अन्य दलले सकारात्मकता नदेखाइरहेका बेला ओली र प्रधानमन्त्री देउवाबीचको निकता बढेको छ । यसबीच ओली र देउवाबीच आज बालुवाटारमा वार्ता हुन लागेको हो ।

    एमसीसी टेबल भइसकेका बेला एमाले र कांग्रेस मिलेर पास गर्ने रणनीतिसमेत बन्न सक्ने देखिएको छ ।

    फाल्गुण १०, २०७८ मंगलवार १८:५५:५८ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend