काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ताका लागि बालुवाटार पुगेका छन्।
बिहीबारको संसद बैठकबाट एमसीसीबारेको छलफल अघि बढ्न नसकेपछि प्रधानमन्त्री देउवाले गठबन्धनका अन्य दलसँगको संवाद करिब सकिएको बताएका थिए।
यससँगै सत्तारुढ र प्रमुख प्रतिपक्षी नेताबीचको यो भेटलाई निर्णायक मानिएको छ।
यसअघि संसद भवनमा भएको छलफलका क्रममा ओलीसँग एमसीसी पारितका लागि सरकारको साथमा उभिए आफूले चाल्नुपर्ने कदमबारे निर्णय लिन तयार रहेको देउवाले बताएका थिए।
देउवाले अहिले आफ्ना लागि सत्ता जोगाउने अंक गणितसँग कुनै सरोकार नभएको छलफलमा बताएका थिए।