Logo

शनिवार, आषाढ ११ गते २०७९

images

रुसले आक्रमण गरेको युक्रेनका राष्ट्रपतिसँग मोदीको वार्ता

रुसले आक्रमण गरेको युक्रेनका राष्ट्रपतिसँग मोदीको वार्ता

नेपालपाना फाल्गुण २३ २०७८
  • 3.9K
    SHARES
  • रुसले आक्रमण गरेको युक्रेनका राष्ट्रपतिसँग मोदीको वार्ता

    काठमाडौं। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोनवार्ता गरेका छन् । फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता मोदीले दोस्रो पटक सोमबार जेलेन्स्कीसँग फोनवार्ता गरेका हुन् ।

    'प्रधानमन्त्रीले युक्रेनबाट २०,००० भन्दा बढी भारतीय नागरिकहरूलाई बाहिर निकाल्न सहयोग गरेकोमा युक्रेनी अधिकारीहरूलाई धन्यवाद दिए। उनले युक्रेनमा रहेका भारतीय विद्यार्थीहरूको सुरक्षाको लागि गहिरो चिन्ता व्यक्त गरे र उनीहरूको छिटो र सुरक्षित उद्धारको आवश्यकतालाई जोड दिए,' प्रधानमन्त्री कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ।

    रुसी सीमा नजिक रहेको उत्तर पूर्वी युक्रेनी सहर सुमीमा फसेका कम्तीमा ७०० विद्यार्थीलाई बाहिर निकाल्ने भारत सरकारको प्रयासको बीचमा मोदीले जेलेन्स्कीसँग फोनवार्ता गरेका हुन् ।

    फोनवार्ताका क्रममा, मोदीले हिंसाको तत्काल अन्त्यको लागी आह्वान गर्दै भारत जहिले पनि समस्याहरूको शान्तिपूर्ण समाधान र दुई पक्षहरू बीचको सीधा वार्ताको पक्षमा उभिएकोु बताएका छन् ।

    फाल्गुण २३, २०७८ सोमवार १८:०१:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend