Logo

बुधवार, आश्विन १९ गते २०७९

गिरिजालाई दिएको धोकाले पोल्यो प्रचण्डलाई, कार्यकर्ताकै अगाडि धुरुक्कै रोए !

गिरिजालाई दिएको धोकाले पोल्यो प्रचण्डलाई, कार्यकर्ताकै अगाडि धुरुक्कै रोए !

नेपालपाना फाल्गुण २९ २०७८
  • 6.7K
    SHARES
  • गिरिजालाई दिएको धोकाले पोल्यो प्रचण्डलाई, कार्यकर्ताकै अगाडि धुरुक्कै रोए !

    विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनका गल्तीले पोल्न थालेको छ । 

    आइतबार विराटनगरमा आयोजित पार्टीको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्डले ती गल्तीले पोलिरहेको बताए । 

    प्रचण्डले पहिलो संविधानसभा निर्वाचनपछि गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर आफूबाट गल्ती भएको कार्यकर्तामाझ स्वीकार गरे। ‘ठूलो पार्टीका रुपमा स्थापित भएपछि हाम्रो खुट्टा भुइँमा भएन। गिरिजाप्रसाद कोइराला विचरा, त्यो बुढो मान्छे। जोसँग हस्ताक्षर गरेर शान्ति सम्झौता भएको हो। उहाँले राष्ट्रपति बन्न खोज्दा दिइएन,’ प्रचण्डले भने, ‘खुरुक्क गिरिजाप्रसादलाई राष्ट्रपति दिन पाएको भए पाँचै वर्ष हाम्रो सरकार हुन्थ्यो। अहिले फर्केर हेर्दा अनौठो लाग्छ।’ 

    यस्तै रुक्मांगद कटवाललाई प्रधानसेनापतिबाट हटाउन डा. बाबुराम भट्टराई र रामबहादुर थापा बादलले अनावश्यक दबाब दिएको प्रचण्डले बताए। तीन महिनामा कार्यकाल सकेर घर जान लागेका कटवाललाई चलाउँदा माओवादीले सरकारको नेतृत्वसहित धेरै विषय गुमाएको स्मरण उनले गरे। ‘दायाँ र बायाँ बस्नेहरु ठोक भन्छन्। म अलि उदार मान्छे। दायाँ बाबुराम छन् बायाँ बादल छन्,’ उनले भने, ‘बढो क्रान्तिकारी भएर तीन महिनापछि जान लागेको रुक्मांगद कटलाललाई हटाउँदा सरकार, राष्ट्रपति सबै गयो।’ त्यतिबेला प्रचण्ड प्रधानमन्त्री थिए भने बाबुराम अर्थ तथा बादल रक्षामन्त्री थिए।

    फाल्गुण २९, २०७८ आइतवार १९:४०:४४ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend