Logo

शनिवार, आषाढ ११ गते २०७९

images

भारत, जापान र फिलिपिन्सका विदेश र रक्षामन्त्रीबीच सम्मेलन हुँदै

भारत, जापान र फिलिपिन्सका विदेश र रक्षामन्त्रीबीच सम्मेलन हुँदै

नेपालपाना चैत्र २२ २०७८
  • 2.4K
    SHARES
  • भारत, जापान र फिलिपिन्सका विदेश र रक्षामन्त्रीबीच सम्मेलन हुँदै

    काठमाडौं। इण्डो प्यासिफिक क्षेत्रका तीन महत्वपूर्ण मुलुकहरू भारत, जापान र फिलिपिन्सका रक्षा तथा कूटनीतिक क्षेत्रका शीर्षस्थ अधिकारीबीच जापानमा सम्मेलन हुने भएको जापानको क्योदो समाचार संस्थाले जनाएको छ । 

    यसका लागि फिलिपिन्सका विदेशमन्त्री टोयोडोरो लोक्सिन तथा राष्ट्रिय रक्षामन्त्री डेल्फिन लोरेन्जानाले यही महिना जापानको भ्रमण गर्ने छन् । त्यस्तै, भारतीय विदेशमन्त्री एस जयशंकर तथा रक्षामन्त्री राजनाथ सिंह पनि जापान जाने कार्यक्रम रहेको जनाइएको छ ।

    दुई मुलुकका मन्त्रीहरुले जापानी समकक्षीहरू विदेशमन्त्री योशिमासा हायाशी तथा रक्षामन्त्री नोबुओ किशीसँग भेटवार्ता गर्ने क्यादोले जनाएको छ ।

    गतमहिना जापानी प्रधानमन्त्री फुमियो किशिदाले भारतको भ्रमण गरी भारतीय प्रधानमन्त्रीलाई भेटेका थिए । जापान र भारत दुबै मुलुक चार देशको सुरक्षा समूह क्वाडमा पनि सहभागी छन् ।

    चैत्र २२, २०७८ मंगलवार १९:४३:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend