Logo

शनिवार, आषाढ ११ गते २०७९

images

प्रचण्डले भने- भरतपुरको विकास देखेर ‘रेणुको बुबा’ भनेर चिन्न थाले

प्रचण्डले भने- भरतपुरको विकास देखेर ‘रेणुको बुबा’ भनेर चिन्न थाले

नेपालपाना चैत्र २३ २०७८
  • 3.0K
    SHARES
  • प्रचण्डले भने- भरतपुरको विकास देखेर ‘रेणुको बुबा’ भनेर चिन्न थाले

    चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले भरतपुरको तीब्र बिकासका कारण आफ्नो परिचय बदलिएर रेणुको बुबा भनेर चिनिन थालेको बताएका छन् ।

    बुधबार चितवनको भरतपुरमा भूमिहीन दलितहरूलाई रातो लालपूर्जा वितरण गर्दै अध्यक्ष प्रचण्डले चुनावताका प्रचण्डको छोरी रेणु भनिएपनि अहिले भरतपुरको विकास देखेर रेणुका बुबा प्रचण्ड भन्न थालेको बताएका हुन् ।

    प्रचण्डले रेणुको त्याग र जनयुद्धको अनुभव सुनाउदै रेणुको बुबा भनेर चिन्दा आफूलाई खुसी लाग्ने बताए । उनले भरतपुर महानगरमा महिलाको नेतृत्व भएकाले विकासले गति लिएको बताए ।

    भरतपुरमा भएको तीब्र बिकाशकै कारण प्रचण्डले आगामी निर्वाचनमा मेयर र अध्यक्षमा महिलाहरूलाई धेरै प्राथमिकता दिने उल्लेख गरे ।

    चैत्र २३, २०७८ बुधवार १९:३७:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रचण्ड

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend