Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

एउटै प्रधानमन्त्रीले पूरा कार्यकाल चलाउन नसकेको मुलुक पाकिस्तान

एउटै प्रधानमन्त्रीले पूरा कार्यकाल चलाउन नसकेको मुलुक पाकिस्तान

नेपालपाना चैत्र २७ २०७८
  • 5.0K
    SHARES
  • एउटै प्रधानमन्त्रीले पूरा कार्यकाल चलाउन नसकेको मुलुक पाकिस्तान

    काठमाडौं। अविश्वासको प्रस्ताव पारित भएसँगै पाकिस्तानको प्रधानमन्त्री पदबाट इमरान खान पदमुक्त भएका छन् । आर्थिक संकट, आन्तरिक उथलपुथल र सेनासँगको तालमेल नमिल्दा खान सरकार ढल्न पुगेको हो ।

    इमरान खानको मात्रै हैन्, पाकिस्तानको इतिहासमा आजसम्म कुनै प्रधानमन्त्रीले पूर्ण पाँच वर्षको कार्यकाल चलाउन भने सकेका छैनन् ।

    सन् १९४७ मा स्वतन्त्रता पाए यता पाकिस्तानमा २९ जना प्रधानमन्त्री बनिसकेका छन् । सन् १९९३ मा झन एकै वर्षमा पाँच वटा लिडरहरु फेरिएका थिए । 

    पाकिस्तानमा प्रधानमन्त्रीको सबैभन्दा छोटो कार्यकाल दुई हप्ताको समेत छ भने सबैभन्दा लामो कार्यकाल चार वर्ष दुई महिनाको छ ।

    चार वर्ष दुई महिना कार्यकाल चलाएका पाकिस्तानका पहिलो प्रधानमन्त्री लियाकत अली खानले अगस्त १९४७ मा पदभार ग्रहण गरको थिए । अक्टोबर १६, १९५१ मा एक राजनीतिक र्‍यालीमा उनको हत्या भएको थियो ।

    यस्तै जुन ५, २०१३ मा तेस्रो पटक प्रधानमन्त्री भएका नवाज शरीफलाई जुलाई २८, २०१७ मा सम्पत्ति लुकाएको आरोपमा पाकिस्तानको सर्वोच्च अदालतले बर्खास्त गरेको थियो ।

    अर्कोतर्फ दुईहप्ता कार्यभार सम्हालेका नुरुल अमिनले डिसेम्बर ७, १९७१ मा पदभार ग्रहण गरेका थिए । पाकिस्तानबाट बंगलादेश अलग भएको केही समयपछि डिसेम्बर २०, १९७१ मा उनको कार्यभार समाप्त भएको थियो ।

    हालै पदमुक्त भएका इमरान खान अगस्ट १८, २०१८ मा प्रधानमन्त्रीको रूपमा निर्वाचित भएका थिए । अप्रिल १०, २०२२ मा खानविरद्ध अविश्वासको प्रस्ताव पारित भएसँगै उनी पदमुक्त भएका हुन् ।

    चैत्र २७, २०७८ आइतवार १४:०२:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इमरान खान
  • # पाकिस्तान

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend