Logo

शनिवार, आषाढ ११ गते २०७९

images

कुलमान घिसिङको फोटो माओवादीलाई पर्यो महंगो, चुनाव जित्न प्रचण्डको यतिसम्म कुकृत्य

कुलमान घिसिङको फोटो माओवादीलाई पर्यो महंगो, चुनाव जित्न प्रचण्डको यतिसम्म कुकृत्य

नेपालपाना बैशाख ३ २०७९
  • 3.1K
    SHARES
  • कुलमान घिसिङको फोटो माओवादीलाई पर्यो महंगो, चुनाव जित्न प्रचण्डको यतिसम्म कुकृत्य

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो नेकपा माओवादी केन्द्रलाई महंगो परेको छ । आफ्नो पार्टीको कार्यकर्ताजसरी एउटा राष्ट्रसेवक कर्मचारीलाई माओवादीले चुनाव प्रचारका लागि प्रयोग गरेपछि निर्वाचन आयोगले एक्सन लिएको हो । आयोगले आचारसंहिता उल्लंघन आरोपमा, माओवादीलाई स्पष्टीकरण सोधेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग पनि स्पष्टीकरण सोधेको छ । 

    माओवादी केन्द्रले कुलमान घिसिङको फोटो प्रयोग गरी चुनाव प्रचारप्रसार गरेको भन्दै आयोगले माओवादीसँग जवाफ मागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

    उनका अनुसार एक साताभित्र तीन बुँदामा चित्त बुझ्दो जवाफ माग गरिएको छ। ‘घिसिङको अनुमति लिएर हो वा होइन र अनुमति लिएर भए किन र अनुमति बिना नै त्यो गरिएको भए किन आयोगलाई जानकारी नगराएको भनेर जवाफ मागिएको हो’, प्रवक्ता पौडेलले भने ।

    आफू पहिलो र दोस्रो शक्ति बन्ने दाबी गरिरहेका प्रचण्डले चुनावमा भोट बढाउन कुलमानको सहारा लिएका छन् । जुन निकै दयनिय अवस्था हो । यसले आगामी निर्वाचनमा माओवादीको हालत कस्तो होला भन्ने प्रष्ट पार्दछ ।

    बैशाख ३, २०७९ शनिवार ०९:५७:५० बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend