काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिकापुर घटनामा दोषी ठहरिएका रेशम चौधरीलाई ‘निर्दोष’ भएको बताएका छन् । बिहीबार कैलाली पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने रेशम निर्दोष रहेको बताएका हुन् ।
चौधरीलाई एक नाबालकसहित ८ सुरक्षा कर्मीको ज्यान जानेगरी २०७२ भदौमा भएको घटनामा संलग्न भएको पुष्टि गर्दै आजीवन कारावासको सजाय सुनाइएको छ ।
माओवादी केन्द्रले कैलालीको गौरिगंगा नगरपालिका स्थित मसुरियामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘रेशम चौधरीको टिकापुर घटनामा कुनै संलग्नता छैन, उनी निर्दोष छन्, तर उनलाई फसाइएको छ ।’