Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

नेपाल भ्रमण सकेर फर्कियो अमेरिकी सांसद टोली 

नेपाल भ्रमण सकेर फर्कियो अमेरिकी सांसद टोली 

नेपालपाना बैशाख ११ २०७९
  • 3.1K
    SHARES
  • नेपाल भ्रमण सकेर फर्कियो अमेरिकी सांसद टोली 

    काठमाडौं। नेपाल भ्रमणमा आएको अमेरिकी संसदीय टोली आइतबार जर्मनीतर्फ प्रस्थान गरेको छ। 

    अमेरिकी संसदीय टोलीमा सिनेटरहरू शेल्डन ह्वाइटहाउस, कोरी बुकर, मार्क केली र तल्लो सदन प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स शुक्रबार साँझ यहाँ आएका थिए। 

    अमेरिकाको सत्तारुढ डेमोक्रयाटिक पार्टीका सांसदद्धयले नेपालले संयुक्त राष्ट्रसंघमा युक्रेनका पक्षमा गरेको मतदानको सराहना गरेको थियो। 

    त्यसैगरी अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट नेपालको संसदबाट अनुमोदन भएकोमा खुशी ब्यक्त गरेको थियो। उनीहरुको अर्को चासो तिब्बती शरणार्थीबारे पनि थियो। 

    सन् १९९० यता नेपालमा जन्मेका तिब्बती शरणार्थीका सन्ततिलाई परिचयपत्र नदिएकोप्रति अमेरिकी सांसदले प्रश्न उठाएका थिए। उनीहरुले तिब्बती शरणार्थीको आधारभूत मानवअधिकारको प्रत्याभूत गर्नु नेपालको दायित्व रहेको बताएका थिए। 

    अमेरिकी सांसदहरुले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका चुनौतिप्रति जानकार रहेको बताउँदै अबका दिनमा जलवायु परिवर्तनका मुद्दामा सहकार्य गर्ने बताएका थिए। 

    बैशाख ११, २०७९ आइतवार २०:३७:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमेरिका

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend