Logo

बुधवार, भाद्र १ गते २०७९

images

नेपालमा सुर्तीजन्य पदार्थले घण्टामा चारजनाको ज्यान लिँदै

नेपालमा सुर्तीजन्य पदार्थले घण्टामा चारजनाको ज्यान लिँदै

नेपालपाना बैशाख १२ २०७९
  • 5.9K
    SHARES
  • नेपालमा सुर्तीजन्य पदार्थले घण्टामा चारजनाको ज्यान लिँदै

    काठमाडौँ। नेपाल विकास अनुसन्धान प्रतिष्ठानले एक रिपोर्ट सार्वजनिक गर्दै नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट प्रतिघण्टा चार जना भन्दा धेरैले ज्यान गुमाइरहेका तथ्य सार्वजनिक गरेको छ ।

    प्रतिष्ठानका अनुसार नेपालमा वर्षेनी करिब ४० अर्ब क्षति भएको दाबी गरिएको छ । सन् २०२० मा मात्र चुरोट सेवनका कारण निम्तिने रोगहरूको उपचारार्थ भएको प्रत्यक्ष र अप्रत्यक्ष खर्च, रोगीहरुको उत्पादकत्वमा आएको ह्रास र असामयिक मृत्यु समेत जोड्दा ४० अर्ब रुपैयाँको आर्थिक क्षति भएको छ ।

    यसमा धुवाँरहित सुर्तीजन्य पदार्थको कारणले क्षतिलाई पनि समावेश गर्ने हो भने लागत यो भन्दा वृद्धि हुन्छ । आर्थिक वर्ष २०२/०२१ मा चुरोट र बिँडीबाट संकलन भएको अन्तः शुल्कको राशि भने २०.३९ अर्ब मात्र रहेको रिपोर्ट सार्वजनिक गरिएको छ ।

    नेपालमा हुने कुल मृत्युको १९।४१ प्रतिशत मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको तथ्य प्रतिष्ठानले प्रस्तुत गरेको छ । नेपालमा सुर्तीजन्य पदार्थ सेवनकर्ताको ३२ प्रतिशत रहेको र यो निकै उच्च भएको पनि भनिएको छ ।  सुर्तीजन्य पदार्थ सेवनकर्ताको संख्या दिनानुदिन बढ्दै गएको भन्दै यसलाई रोक्न यस्ता उत्पादनमा कर वृद्धि गर्नुपर्ने माग प्रतिष्ठानले गरेको छ ।

     नेपालमा सुर्तीजन्य पदार्थमा लाग्ने कर विश्व स्वास्थ्य संगठनको मापदण्ड ७५ प्रतिशत भन्दा निकै कम ३८ प्रतिशत मात्रै रहेकाले आगामी बजेटमा कर वृद्धि गर्न प्रतिष्ठानले अपिल गरेको छ ।

    बैशाख १२, २०७९ सोमवार १९:०३:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend