Logo

मंगलवार, आषाढ २१ गते २०७९

images

विवाहमा सहभागी हुन राहुल गान्धी काठमाडौंमा

विवाहमा सहभागी हुन राहुल गान्धी काठमाडौंमा

नेपालपाना बैशाख १९ २०७९
  • 21.1K
    SHARES
  • विवाहमा सहभागी हुन राहुल गान्धी काठमाडौंमा

    काठमाडौं। भारतीय कंग्रेस आईका नेता राहुल गान्धी वैवाहिक कार्यक्रममा सहभागी हुन नेपाल आएका छन्। उनी सोमबार अपरान्ह ४ः१० बजे त्रिभुवन विमानस्थलमा उत्रेका हुन्।

    स्रोतका अनुसार गान्धी आफ्नी नेपाली साथी सुम्निमा उदासको विवाहमा सहभागी हुन यहाँ आएका हुन्।

    पूर्वनेपाली राजदूत भीम उदासकी पुत्री सुम्निमाको विवाह आउँदो मंगलबार काठमाडौंमा हुँदैछ। निमा मार्टिन शेर्पासँग उनको विवाह हुन लागेको हो।

    सुम्निमा अमेरिकी समाचार संस्था सिएनएनकी पूर्वपत्रकार हुन्। गान्धीका साथमा अन्य तीनजना भारतीय पनि छन्।  

    उनी नक्सालस्थित होटल मेरियटमा बसिरहेका छन्। उनी कतिदिन नेपाल रहन्छन् भन्ने खुल्न सकेको छैन। 

    यसअघि सन् २०१८ मा गान्धी चीनको मानवसरोवर जाने क्रममा नेपाल पनि पसेका थिए।

    बैशाख १९, २०७९ सोमवार २१:१५:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend