Logo

बिहिवार, श्रावण २६ गते २०७९

images

इलाममा ओलीले भने- झलनाथ खनाललाई टिकट दिएर गल्ती गरेँ

इलाममा ओलीले भने- झलनाथ खनाललाई टिकट दिएर गल्ती गरेँ

नेपालपाना बैशाख २१ २०७९
  • 5.2K
    SHARES
  • इलाममा ओलीले भने- झलनाथ खनाललाई टिकट दिएर गल्ती गरेँ

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो निर्वाचनमा झलनाथ खनाललाई उम्मेदवार बनाएर गल्ती गरेको बताएका छन्। बुधबार खनालकै गृहजिल्लाको माइ नगरपालिकामा भएको एमालेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

    एमाले कार्यकर्ताले जिताएका व्यक्ति नै पार्टी सिध्याउन सक्रिय भएर लागेको भन्दै उनले अब यस्तो गलती नदोहर्याउने टिप्पणी गरेका छन् । उनले पार्टी सिध्याएर बाटो विराएकाहरुबाट सचेत हुन आग्रह गर्दै भूलवश बाटो बिराउनेलाई पनि पार्टीमा फर्किन आग्रह समेत गरेका छन्। 

    यस्तै ओलीले निर्वाचनमा सबै वर्ग, समूह र आम मतदाताको आशीर्वाद एमालेलाई भएकाले जित्ने टिप्पणी गरेका छन् । उनले प्राप्त उपलब्धिलाई सिद्याउन गठबन्धन गरेको दाबी गर्दै निर्वाचनपछि एमाले सरकार बनेर उपलब्धीको रक्षा गर्ने जिकिर गरे। 

    बैशाख २१, २०७९ बुधवार १९:०८:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # एमाले

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend