Logo

मंगलवार, आषाढ २१ गते २०७९

images

शहबाज शरीफको मन्त्रिपरिषद्ले उठायो विगतका कलंकित मुद्दा

शहबाज शरीफको मन्त्रिपरिषद्ले उठायो विगतका कलंकित मुद्दा

नेपालपाना बैशाख २२ २०७९
  • 2.2K
    SHARES
  • शहबाज शरीफको मन्त्रिपरिषद्ले उठायो विगतका कलंकित मुद्दा

    इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई संसद्‌मा अविश्वासको प्रस्तावमा मतदानमार्फत सत्ताबाट हटाएपछि उनले अमेरिकाको नेतृत्वमा अन्तर्राष्ट्रिय षडयन्त्र गरेको आरोप लगाए। जसलाई उनका विपक्षी दलहरूले शक्तिको दुरुपयोग गरिरहेका दलहरुलाई पाकिस्तानकै दलहरुले हटाएको आरोप लगाए। 

    अब इमरान खान बाहिरिएपछि शहबाज सरिफले चाँडोभन्दा चाँडो आम चुनावमा जाने स्पष्ट योजनासहित प्रधानमन्त्रीको पदभार ग्रहण गरेका छन्। तर, सत्तामा रहेको उनको वर्तमान कार्यकाल छोटो अवधिको लागि हो। यद्पि उनले मन्त्रिपरिषद् गठन गर्दै कामलाई तीव्रता दिएका छन्। 

    प्रधानमन्त्रीले गठबन गरेको मन्त्रिपरिषद्‌मा २४ जना कुनै न कुनै मुद्दामा जेल परेका र धरौटीमा रिहा भएकाहरु रहेको भन्दै उनको आलोचना भइरहेको छ। 

    ‘प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का २४ मन्त्री धरौटीमा रिहा भएका छन्, सिनेटका अध्यक्षको सट्टा कारागारका आईजी (महानिरीक्षक) ले सपथ लिएको भए नयाँ मन्त्रिपरिषद्ले विश्वलाई अझ राम्रो र स्पष्ट सन्देश दिन सक्थे,' पूर्व सूचना मन्त्री र इमरान खानको पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का सदस्य फवाद चौधरीले भने।

    'जेलमा कुलभूषण यादव मात्रै रह्यो, बाँकी मन्त्री बने,' चौधरीले थपे। शेहबाज सरिफको नयाँ मन्त्रिपरिषद्मा ३१ संघीय मन्त्री, तीन राज्यमन्त्री र तीन सल्लाहकार रहेका छन्। 

    जमानतमा छुटेका मन्त्रिपरिषद्का सदस्यहरूमा केही प्रमुख नामहरू समावेश छन्, जस्तै:

    * शेहबाज शरीफ, प्रधानमन्त्री, मनी लान्ड्रिंग मुद्दा

    * ख्वाजा आसिफ, रक्षा मन्त्री, मनी लान्ड्रिंग मुद्दा

    * राणा सनाउल्लाह, गृहमन्त्री, लागुऔषध मुद्दा

    * अयाज सादिक, कैबिनेट सदस्य, विरोध मामला

    * अहसान इकबाल, योजना मन्त्री, नारोवाल खेलकुद रंगशाला भ्रष्टाचार मुद्दा

    * शाहिद खकान अब्बासी, ऊर्जा मंत्री, एलएनजी घोटाला मामला

    * मिफ्ताह इस्माइल, वित्त मंत्री, एलएनजी घोटाला मामला

    * सैयद खुर्शीद शाह, जलस्रोत मन्त्री, आयभन्दा बढी सम्पत्ति मुद्दा

    * ख्वाजा साद रफिक, रेल मन्त्री, प्यारागन हाउसिंग सोसाइटी केस

    * कादिर पटेल, स्वास्थ्य मन्त्री, मनी लान्ड्रिंग केस

    * जावेद लतिफ, संघीय मन्त्री, हिंसा भड्काउने

    * शाजिया मारी, बेनजीर आय समर्थन कोष प्रमुख, नक्कली डिग्री मामला

    * फैसल सब्जवारी, सामुद्रिक मामिला मन्त्री, घृणायुक्त भाषण मुद्दा

    * मन्त्रिपरिषद् सदस्य खुर्रम दस्तगीर दुई मुद्दामा धरौटीमा रिहा

    * हिना रब्बानी खार, विदेश राज्यमन्त्री, खार परिवार जग्गा मुद्दा

     

    बैशाख २२, २०७९ बिहिवार १९:५७:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पाकिस्तान

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend