Logo

शनिवार, आषाढ ११ गते २०७९

images

श्रीलङ्काली प्रधानमन्त्री राजापाक्षेद्वारा राजीनामा

श्रीलङ्काली प्रधानमन्त्री राजापाक्षेद्वारा राजीनामा

नेपालपाना बैशाख २६ २०७९
  • 2.6K
    SHARES
  • श्रीलङ्काली प्रधानमन्त्री राजापाक्षेद्वारा राजीनामा

    काठमाडौं। आर्थिक संकट बढ्दै गएको श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका छन् । उनले  सोमबार आफ्नो राजीनामा पत्र राष्ट्रपतिलाई पठाएका हुन् ।

    एक श्रीलंकाली अधिकारीले रोयटर्सलाई भनेका छन्,'प्रधानमन्त्रीले आफ्नो राजिनामाको पत्र राष्ट्रपतिलाई पठाउनुभएको छ ।' राष्ट्रपति गोटाबाया राजापाक्षे प्रधानमन्त्रीका भाइ हुन्। यस्तै कम्तिमा दुई क्याबिनेट मन्त्रीहरूले पनि आफ्नो राजीनामा घोषणा गरेको बताइएको छ ।

    श्रीलङ्काका अधिकारीहरूले सोमबार राष्ट्रव्यापी कर्फ्यू लगाएका छन् । यस्तै सरकार समर्थक समूहहरूले गोटाबाया राजापाक्षको कार्यालय बाहिर प्रदर्शनकारीहरूमाथि आक्रमण गरेपछि राजधानीमा सेना परिचालन समेत गरिएको छ । यसक्रममा कम्तिमा ७८ जना घाइते भएको बताइएको छ ।

    महिन्दा राजापाक्षेले प्रधानमन्त्रीको पदबाट राजीनामा दिनसक्छन् भन्ने कुरा आएपछि हिंसा भएको बताइएको छ । त्यसपछि अर्को सूचना  जारी नभएसम्म तत्काल प्रभावकारी हुने गरी देशव्यापी कर्फ्यू लगाइएको थियो ।

    बैशाख २६, २०७९ सोमवार १८:१३:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend