काठमाडौं। श्रीलंकाको नयाँ प्रधानमन्त्रीको रूपमा रनिल विक्रमासिङ्घेले सपथ लिएका छन् ।
विक्रमासिङ्घेलाई प्रधानमन्त्री बनाउनुलाई आर्थिक संकटबाट सुरु भएको हिंसा अन्त्य गर्ने र अन्तर्राष्ट्रिय विश्वसनीयता पुनर्स्थापित गर्ने प्रयासको रूपमा हेरिएको छ।
श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग बेलआउट प्याकेजको लागि वार्ता गरिरहेका बेला विक्रमासिङ्घे प्रधानमन्त्री बनेका हुन् ।
बिहीबार साझ राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा विक्रमासिंघेले राष्ट्रपति गोटाबाया राजापाक्षेसमक्ष सपथ लिएका हुन् ।