मंगलवार, चैत्र ६ गते २०८०

भगवान गौतम बुद्धको जन्मस्थल आउन पाउँदा उत्साहित छु : भारतीय प्रधानमन्त्री मोदी

भगवान गौतम बुद्धको जन्मस्थल आउन पाउँदा उत्साहित छु : भारतीय प्रधानमन्त्री मोदी

नेपाल पाना
सोमवार, जेठ २ २०७९
नेपाल पाना
सोमवार, जेठ २ २०७९
  • काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान गौतमबुद्ध जन्मस्थल लुम्बिनी आउन पाउँदा उत्साहित भएको बताएका छन् । 

    बुद्ध जयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मोदीले बुद्ध जन्मिएको स्थलमा रहेको मायादेवी मन्दिर दर्शन गर्न पाउनु आफ्ना लागि अवस्मरणीय रहेको उल्लेख गरे । 

    मोदीको सम्बोधन जस्ताको तस्तै

    मायादेवी मन्दिरको दर्शन गर्न पाउनु मेराका लागि अवष्मरणीय छ । भगवान गौतम बुद्धको जन्मस्थलमा यहाँको उर्जा र चेतनाको भूमि देखेर उत्साहित छु।

    नेपाल आध्यामिक आस्थाबाट प्रभावित छु । नेपालबिना हाम्रो रामजी अधुरो छन्। भारतमा अयोध्यामा भव्य राम मन्दिर बन्दा नेपालमा खुसी छ र 

    नेपाल सबैभन्दा ठूलो शिखर सगरमाथाको देश हो । प्राचिन सभ्यताको इतिहास बोकेको देश हो । 

    नेपाल आउँदा मलाई राजनीतिक भ्रमण भन्दा एउटा छुट्टै आध्यामिक भ्रमणको महसुस हुन्छ।

    हाम्रो साँझा विरासत, संस्कृति, आस्था र प्रेम यो नै हाम्रो सबैभन्दा ठूलो पुँजी हो। यो पुँजी जति समृद्ध हुन्छ त्यति नै साझा रुपमा भगवान गौतम बुद्धको सन्देश दिन सक्छौं । 

    अहिलेको वैश्विक परिस्थितिमा हाम्रो मित्रता र घनिष्ठा सम्पूर्ण मानवताको हितको काम गर्नेछ । बुद्ध मानवताको सामूहिक बोधको अवतरण हो । बोध हो । सोध पनि हो । विचार पनि हो । संस्कार पनि हो । यसकारण विशेष छन् कि उपदेशमात्र होइन ज्ञानको बोध पनि गराए । सुख सुविधा त्याग्ने साहस गरे ।  

    उहाँले प्राप्तिभन्दा पनि ज्यादा महत्व त्यागको हुन्छ । त्यागबाटै प्राप्त हुन्छ भन्ने सन्देश दिए । सोध गरे । आत्म सोधपछि ज्ञानको शिखरमा पुगेर हामीलाई दिए । परीक्षित भएर हामीलाई ज्ञान दिए । आफ्नो दिपक आफै बन्नु भन्ने सन्देश दिए । भौगलिक सीमाबाट माथि उठेर बुद्ध हर कसैको हुन् । 

    लुम्बिनी कुशीनगर सारनाथ र बोधगया साझा विरासत र मूल्य हुन् । यिनलाई समृद्ध गरेर लानु पर्छ । बुद्ध सर्किट र लुम्बिनी विकासलाई अगाडि बढाउन नेपाल सरकारले गरेको पहलका लागि प्रशंसा गरे । 

    नेपाल र भारत सम्बन्ध हिमालयजस्तै अटल र पुरानो छ । हिमालयजत्रो उचाईमा छ । बुद्ध शिक्षालाई विश्वमा प्रवर्द्धन गर्न साझा विरासतले काम गर्नेछ । 

    नेपाल र भारत मित्रताले मानवीय संकटलाई पार लगाउन मिलेर काम गरिरहने कुरामा मलाई पुर्ण विश्वास छ ।

    लोकप्रीय
    सम्बन्धित खबर

    © 2024 All right reserved to nepalpana.com  | Site By : SobizTrend