Logo

शनिवार, मंसिर १७ गते २०७९

बालेनको जित/हारमा खसी बाजी राख्ने पक्राउ

बालेनको जित/हारमा खसी बाजी राख्ने पक्राउ

नेपालपाना जेठ २ २०७९
  • 3.9K
    SHARES
  • बालेनको जित/हारमा खसी बाजी राख्ने पक्राउ

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका लागि उम्मेदवार रहेका वालेन्द्र साह (बालेन)को जित/हारमा खसी बाजी राख्ने खोटाङका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ५ लफ्याङका विजय फुयाल र रमेश खड्कालाई पक्राउ गरेको प्रहरीले जनाएको हो ।

    बालेनले चुनाव जिते खड्काले फुयाललाई २८ किलोको खसी दिनुपर्ने र बालेन चुनावमा पराजित भए फुयालले २८ किलोकै खसी खड्कालाई दिनुपर्ने गरी बाजीसहितको तमसुक बाहिरिएको बिषयले चर्चा पाएको थियो ।

    दिक्तेलस्थित राजन दुलालको घरमा बसेर स्थानीय दिनेश आचार्य, सुमन बास्तोला र सरोज खतिवडाको रोहबरमा उनीहरूले बाजी राखेका थिए ।

    जेठ २, २०७९ सोमवार १७:२८:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्थानीय चुनाव
  • # बालेन साह

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend